मङ्लबार, भदौ १८, २०८१
  • होमपेज
  • मुनाल सहकारीका निवर्तमान अध्यक्ष हुमागाईं सम्मानित
समाचार

मुनाल सहकारीका निवर्तमान अध्यक्ष हुमागाईं सम्मानित

काठमाडौं । मुनाल सहकारी संस्थाका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद हुमागाईं सम्मानित भएका छन् । मुनाल सहकारी संस्थाले वर्षभरि उत्कृष्ट कारोबार गरेको भन्दै हुमागाईंलाई सम्मान गरेको हो ।

सञ्चार क्षेत्रमा निकै लामो समयदेखि सक्रिय हुमागाईं सफल मिडिया हाउस प्रालिका अध्यक्ष तथा कार्यकारी निर्देशक पनि हुन् । सञ्चार क्षेत्रका स्वच्छ र भद्र व्यक्तिको पहिचान बनाएका हुमागाईं २ दशकभन्दा लामो समयदेखि यस क्षेत्रमा सक्रिय छन् । मुनाल सहकारीको संस्थाको निवर्तमान अध्यक्ष रहेका हुमागाईंले गत आर्थिक वर्षमा सबैभन्दा धेरै कारोबार गरेका थिए ।

मंगलबार पोखरामा आयोजित संस्थाको चौधौं वार्षिक साधारणसभामा गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले हुमागाईंलाई दोसल्ला ओडाएर सम्मान गरे ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार