बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • खप्तडमा भारतीय नागरिक लडेर घाइते, हेलिकोप्टरमार्फत् उद्धार
Breaking News

खप्तडमा भारतीय नागरिक लडेर घाइते, हेलिकोप्टरमार्फत् उद्धार

बझाङ । खप्तड राष्ट्रिय निकुञ्जमा भ्रमणको लागि आएका भारतीय एक नागरिक लडेर घाइते भएका छन् ।

गत हप्ता खप्तड भ्रमणमा आएका भारतका ज्ञानेशकुमार पाण्डेय लडेर घाइते भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरिएको श्री सिंह शार्दूल  गुल्मका गुल्मपति सेनानी बिनोद बहादुर सिल्वालले बताए ।

उनका अनुसार खप्तड भ्रमण सकेर फर्कने बेलामा खप्तड गेष्ट हाउस नजिकै लडेर खुट्टाको नलिहड्डी भाँचिएपछि गुल्मको मेडिकलमा प्राथमिक उपचार गरेर थप उपचारको लागि हेलिकोप्टरमार्फत् धनगढी पठाएको हो ।

घाइते पाण्डेयसहित उनकी श्रीमती अनुपमा पाण्डेय र उनीसँगै आएका एक जना नेपाली सहयोगीलाई नेपाली सेनाको वेल हेलिकप्टरमार्फत सोमबार साँझ धनगढी पठाएको सेनानी सिल्वालले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार