शुक्रबार, भदौ २८, २०८१
  • होमपेज
  • युवा नेता सोडारी प्रतिनिधिसभातर्फ कैलाली १ र ५ बाट सिफारिस
Breaking News

युवा नेता सोडारी प्रतिनिधिसभातर्फ कैलाली १ र ५ बाट सिफारिस

मौलिक जरोकिलो पार्टीका सर्वोच्च परिषद सदस्य युवा नेता धिरेन्द्र चन्द सोडारी प्रतिनिधिसभातर्फ कैलाली १ र ५ बाट सिफारिस भएका छन्। टिकापुर नगरपालिका -१ निवासी सोडारीलाई कैलालीको धनगढीमा पनि लामो समयदेखि सामाजिक कार्यमा संलग्न रहेको र उनको प्रभाव राम्रो रहेका कारण दुबै क्षेत्रबाट १ नम्बर मा सिफारिस गरिएको प्रदेश समिती महासचिव सावित्री गिरीले जानकारी दिइन्।
सूचना प्रविधि विज्ञ एवम् उद्यमी समेत रहेका सोडारीले आफ्ना व्यवसायिक प्रतिष्ठान र उद्योगहरुमा सयौंलाई रोजगारी दिँदै आएका छन्। स्थानीय निर्वाचनदेखि नै युवाहरूले उम्मेदवारी घोषणा गर्ने र निर्वाचन परिणाम समेत आफ्नो पक्षमा ल्याइरहेको बेला सोडारीको उम्मेदवारीलाई विशेष रूपमा हेरिएको छ।
कुनै राजनीतिक पार्टीले युवा र युग सुहाउँदो ज्ञान सीप भएको युवा उम्मेदवार उठाउने सम्भावना नभएको अवस्थामा जनताले आफूलाई नै रोज्ने कुरामा विश्वस्त रहेको सोडारीको भनाई छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार