शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • गएको वर्ष ३० करोड रुपैयाँ बराबरको पानी विदेश निर्यात
समाचार

गएको वर्ष ३० करोड रुपैयाँ बराबरको पानी विदेश निर्यात

काठमाण्डौ । नेपालबाट गएको वर्ष ३० करोड रुपैयाँ बराबरको पानी विदेश निर्यात भएको छ। नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवम् दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा आव २०७८र०७९ मा नेपालबाट ३० करोड बराबरको पानी निर्यात भएको जानकारी दिइएको हो ।

नेपालबाट चीन, हङकङ, कतार, दुबई, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पानी बिक्रीवितरण हुँदै आएको सङ्घका सचिव एवम् हिमालयन वेभरेज प्रालिका सञ्चालक भरत बुढाथोकीले जानकारी दिए। उनका अनुसार अहिले बोटलर्स नेपाल कम्पनी तराईबाट उत्पादित ‘किन्ले’, रसुवा ब्राण्डको ‘हिमालयन अनटप’, वेभ नेपाल प्रालिबाट उत्पादित ‘नेपाल स्प्रिङ’ लगायतका पानी विदेशमा निर्यात हुँदै आएका छन्। २०६५ सालमा स्थापित नेपाल बोटल वाटर उद्योग सङ्घमा काठमाण्डौभित्रका १ सय ८२ र देशभरका ६ सयभन्दा बढी पानी उत्पादन गर्ने कम्पनीहरु आबद्ध छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार