बिहिबार, अशोज ३, २०८१
Breaking News

छाता लिएर जाऊ

कम्मान रावल

बाहिर पानी परिरहेछ,छाता लिएर जाउ
बाहिर घाम लागिरहेछ, छाता लिएर जाउ
पानीले भिजाउला,घामले सुकाउला
फेरि आँसुको वर्षा होला आँखाबाट
पसिनाको नदी बग्ला शरीरबाट
छाता लिएर जाउ

पसिनाले गाजल बिग्रेला आखाँको
पानीले भिजाउला कपडा र शरीर
बिग्रेला मिलाएको केश
देखिन्छन् भित्री अङ्ग/वस्त्रहरू
घाम, पानी छेक्न मात्रै होइन
कसैका याद छेक्न,कसैको नजर छेक्न
छाता लिएर जाउ।

तिमी नरम मान्छे,पग्लिन सक्छौ
तिमी गुलियो मान्छे,घुल्न सक्छौ
तिमी म जस्तै,म तिमी जस्तै
तिमी भिज्दा,म भिज्छु।
तिमीलाई घाम लाग्दा,मलाई पसिना हुन्छ
छाता लिएर जाउ
बाटोमा पानी आउन सक्छ
-छाता लिएर जाउ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार