सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • नेपाल टेलिकमले संविधान दिवसमा सहुलियत दरका डाटा र भ्वाइस प्याक उपलब्ध गराउने
अर्थ

नेपाल टेलिकमले संविधान दिवसमा सहुलियत दरका डाटा र भ्वाइस प्याक उपलब्ध गराउने

काठमाडौं । असोज ३ गते मनाइने संविधान दिवस ­२०७९ को अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराइरहेको छ । कम्पनीका ग्राहकका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको हो ।

यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक ९८ रुपैयाँमा खरिद गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक ४९ रुपैयाँमा उपलब्ध हुनेछ ।

यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक दुई सय ९४ रुपैयाँमा खरिद गर्न सकिने छ । असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरू उपयोग गर्न सकिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार