शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • अछाम पहिरोमा परी ४ जनाको मृत्यु, ७ जना बेपत्ता
Breaking News

अछाम पहिरोमा परी ४ जनाको मृत्यु, ७ जना बेपत्ता

बझाङ । तीनदेखि लगातार परेको वर्षापछि आएको पहिरोमा परी अछाममा ४ जनाको मृत्यु भएको छ भने ७ जना वेपत्ता भएका छन् ।

जिल्ला प्रहरी प्रमुख डीएसपी नारायण डाँगीकाअनुसार तुर्माखाँद, ठाँटीकाँध र ढकारीमा शुक्रबार राति पहिरो गएको हो । तुर्माखाँदमा पहिरोमा परी ७ जना बेपत्ता भएका छन् भने २ घर पहिरोले बगाएको छ । तुर्माखाँदमै ४ जनाको शव फेला परेको डीएसपी डाँगीले जानकारी दिए ।

ठाँटीकाँधको पहिरोमा ९ जना बेपत्ता भएका छन् भने २ घर बगाएको छ । यसैगरी ढकारीमा पहिरोले १ घर बगाएको र ३ जना बेपत्ता छन् । पहिरो खसेका स्थानमा उद्धार र खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार