मङ्लबार, पुस २, २०८१
  • होमपेज
  • सुदूरपश्चिममा फेरि थपिए २ राज्यमन्त्री
Breaking News

सुदूरपश्चिममा फेरि थपिए २ राज्यमन्त्री

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीले २ जना राज्यमन्त्री थपेका छन् । शुक्रबार प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले २ प्रदेश सांसदलाई मन्त्री नियुक्त गरेका हुन् ।

प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा सुशीला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए ।

उनीहरु नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका हुन् । उनीहरु दुवै जनाले पद तथा गोपनियताको सपथ पनि लिइसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार