शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • निजामती कर्मचारी युनियनको स्थापना दिवसमा रक्तदान कार्यक्रम
Breaking News

निजामती कर्मचारी युनियनको स्थापना दिवसमा रक्तदान कार्यक्रम

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अबसरमा जिल्ला अस्पताल बझाङमा रक्तदान कार्यक्रमका साथै जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलपुल बितरण गरिएको छ । लोकतन्त्रबादी कर्मचारीको संस्था नेपाल निजामती कर्मचारी युनियन बझाङको आयोजनामा जिल्ला अस्पताल बझाङ रक्त संचार केन्द्रमा रक्तदान कार्यक्रम गर्नुका साथै जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलपुल समेत बितरण गरिएको हो ।

रक्तदान नै जिवन दान भन्ने मुल नाराका साथै युनियनमा आबद्ध कर्मचारीहरुले रगत दान गर्नु भएको छ । कार्यक्रममा आपतकालिन अबस्थामा रगत दान गर्ने ब्यक्तिहरुको लिस्ट सहित सम्पर्क नम्बर राखिएको छ । जिल्ला अस्पताल बझाङका प्रमुख नबराज जोशीले ३५ दिन सम्म मात्र रगत राख्ने ब्यवस्था भएकाले धेरै रगत नराखेको बताताए । उनले आपतकालिन अबस्थामा रगतको अभाब भएमा तुरुन्तै रगत दान गर्न सक्ने ब्यक्तिहरुको लिष्ट र नाम दिन समेत आग्रह गरे ।

कार्यक्रममा बोल्दै कर्मचारी युनियनका केन्दीय महाधिबेसन प्रतिनिधी राजेन्द्र बहादुर खत्रीले रगत दान जिवन दान ठूलो दान भएकाले युनियनले आफ्नो स्थापना दिवसमा यस्तो कार्यक्रमको आयोजना गरेको बताए । २०४८ सालमा नेपाल निजामती कर्मचारी संघका रुपमा स्थापना भएको संठगन नेपालमा लोकतन्त्रको रक्षा, बिधीको शासन , कानुनी राज्य निर्माण तथा पारदर्शी र सुशासन मैत्री प्रशासनका क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्दै आएको छ । नेपाल निजामती कर्मचारी युनियन बझाङका अध्यक्ष मेनका सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी जयपृथ्बी नगरपालिका प्रमुख चेतराज बजाल रहेको थिए भने कार्यक्रममा निजमती कर्मचारी , जनप्रतिनिधी , स्वास्थ्यक्रर्मीहरु लगायतको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार