बुधबार, माघ ९, २०८१
  • होमपेज
  • नेपाली कांग्रे बझाङमाबाट प्रतिनिधि सभा सदस्यमा १९ जनाको नाम सिफारिस
समाचार

नेपाली कांग्रे बझाङमाबाट प्रतिनिधि सभा सदस्यमा १९ जनाको नाम सिफारिस

बझाङ– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले बझाङबाट १९ जनाको नाम सिफारिस गरिएको छ। जिल्ला कार्य समितिको प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरेको हो। प्रत्यक्षतर्फ अर्जुनबहादुर सिंह, चन्द्रादेवी जोशी, डा सुरेश मल्ल, दलबहादुर विष्ट, पृथ्वीबहादुर सिंह, प्रकाश रसाइली स्नेही, रमेशबहादुर भण्डारी र सत्यराज भण्डारीको नाम उम्मेदवारका रुपमा सिफारिस गरिएको छ। पार्टी प्रवक्ता रमानन्द जोशीका अनुसार प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ पुरुष खसआर्य तथा पिछडिएको क्षेत्रबाट केशवराज जोशी, जगतप्रसाद जोशी, दिपेन्द्रराज जोशी, नन्दकृष्ण जोशी, नरेशबहादुर सिंह, मोतीलाल उपाध्याय, सिद्धराज जोशी र सत्यराज भण्डारीको नाम सिफारिस गरिएको छ।

यस्तै महिला खसआर्य तथा पिछडिएको क्षेत्रबाट देवीकुमारी सेटी, दलित खसआर्य पिछडिएको क्षेत्रबाट विवसचन्द्र स्नेही र जनजाति महिलातर्फ शारदादेवी तामाङको नाम सिफारिस गरिएको जोशीले जानकारी दिए।

प्रदेशसभा ‘क’ मा ३१, ‘ख’ मा २४ जनाको सिफारिस

नेपाली कांग्रेस बझाङले प्रदेश सभा ‘क’ का लागि ३१ तथा प्रदेशसभा ‘ख’का लागि २४ जनाको नाम सिफारिस गरेको छ। ‘क’ मा प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ २३ जनाको नाम सिफारिस गरिएको हो। प्रत्यक्षतर्फ जगतप्रसाद जोशी, ध्रुवराज उपाध्याय, नन्दकृष्ण जोशी, नारायण हमाल, पृथ्वीबहादुर सिंह, लोकेन्द्रबहादुर रोकाया, विष्णुबहादुर सिंह र हर्कजंगबहादुर सिंहको नाम सिफारिस गरिएको छ।

यस्तै समानुपातिकतर्फ पुरूष खसआर्य तथा पिछडिएको क्षेत्रबाट खडकबहादुर बोहरा, दानबहादुर सुर्मेली, ध्रुवराज उपाध्याय, भक्तराज जोशी, राजेन्द्रबहादुर खड्का, वर्कबहादुर रोकाया र विष्णु ऐडी, खसआर्य पिछडिएको क्षेत्र महिलाबाट कल्पना बोहरा, गोकुलदेवी सिंह, जयन्तीकुमारी जोशी, देवी सेटी, धिराकुमारी खत्री, प्रभालक्ष्मी बजाल, शान्ति बोहरा पुजारा, समितादेवी बोहरा पुजारा र सुनिता विष्ट थापा, अपाङ्गतर्फ मुकेश धामी, दलिततर्फ कलक विक, गोविन्द दमाईं नेपाली, मङ्गल सुनार, सिद्ध सार्की र सुनिल दमाई तथा दलित महिलातर्फ साधना बिसीको नाम सिफारिस गरिएको छ।

यसैगरी प्रदेशसभा ‘ख’बाट प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस गरिएको छ। प्रत्यक्षतर्फ ईश्वरबहादुर मल्ल, कटक जप्रेल, चित्र मल्ल, देवराज शर्मा, मानबहादुर कडायत, रमेशबहादुर भण्डारी, रविप्रकाश सिंह र बाबु सिंह तथा समानुपातिक पुरूष खसआर्य पिछडिएको क्षेत्रबाट ईश्वरबहादुर मल्ल, कवि गिरी, केशवराज जोशी, गुणकरप्रसाद जोशी, दीर्घराज जोशी, मानबहादुर कडायत, रमेशबहादुर भण्डारी र सूर्य प्रकाश जोशीको नाम सिफारिस गरिएको प्रवक्ता जोशीले बताए।

यस्तै खसआर्य पिछडिएको क्षेत्र महिलाबाट कुमारी अवस्थी, महेश्वरी जोशी, मीना रावल र शान्ताकुमारी महत, दलिततर्फ निर्मला विक र मञ्जित ताम्राकार तथा जनजाति महिलातर्फ शाोभा थिङकोनाम सिफारिस गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार