– श्याम गैरे
बासुकीझैं लमतन्न परेको उसको शरीर
वर्षादको पानीले लुछुप्पै भिजेको छ ।
लामो सेतो उसको कपाल,
सेतो हरित गृहभित्र छानो बनाइएको छ ।
उसका आँखा सूर्य र चन्द्र बनेका छन्,
जाडोमा दिउँसो उसको अनुभूति खुब हुने गर्छ,
रात्रीमा उसको प्रकाशले,
फलमा रस पस्छ,
तर ऊ सधैंझैं हरित गृहमूनि बस्छ ।
उसले न त सूर्यको रस्मीलाई चिनेको छ,
न जूनको प्रकाश,
उसलाई न वर्षादको पानी याद नै छ,
तर, उसले मान्छेको लापरबाही,
हरित गृहमा हालिएका उसका करङका भाटा,
अहिले अज्ञान भूमिमा,
दिउँसै ज्ञानको प्रकाशको उज्यालोमै तर्सिने मान्छेबारे पक्कै थाहा छ ।
अहिले ऊ हरित गृहमा बसेको छ,
उज्यालोमा प्रकाश बनी,
जनदेखि मनसम्म पसेको छ,
के तपाइले जलवायु परिवर्तन महसुस गर्नुभएको छ ?
त्यो सेतो फूलेको मान्छे हामी हौं,
नेपाल हाम्रो साँझ थाक थलो हो,
पुकार बमको सत्याग्रह हाम्रो लागि हरीत गृह हैन र ?
यसरी एक इमान्दार मान्छे,
आहार,
निद्रा,
र भयभन्दा सधैंमाथि उठेर सबैका लागि सोच्छ,
बालकदेखि बृद्धासम्म कठिनाइका कुरा बुझ्छ,
विद्यार्थीदेखि अपाङ्गसम्म,
सम्पदादेखि विपत्तिसम्म आफ्ना करङ पिस्छ भने,
जलवायु परिवर्तनको महसुस हामीले गरेझैँ,
किन परिवर्तनको महसुस हामीले कहिल्यै नगर्ने ?
यदि चन्द्रमाले झै समानता रूपी रस भर्छ,
स्त्रीका हक हितमा लड्छ
भने, ए काठमाडौं-१ बसी हो एकपल्ट भनिदेऊ ,
पुकार बमलाई एक भोट दिँदा के फरक पर्छ ?
फेसबुक प्रतिक्रियाहरु