बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको बुधबारदेखि आईपीओ खुल्यो
अर्थ

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको बुधबारदेखि आईपीओ खुल्यो

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ भदौ बुधबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)बिक्री खुला गरेको छ । लघुवित्तले हाल कायम जारी पुँजी ४ करोड रुपैयाँको ३३ प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने अनुमति पाएको छ । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी रहेको एक लाख २३ हजार ४०० कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको छ । इच्छुक लगानीकर्ताले सस-आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम् १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीको प्रकाशित आह्वानपत्रमा उल्लेख छ । आईपीओमा छिटोमा १२ भदौ र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा आवेदन दिने अवधि २२ भदौसम्म थप हुनेछ । कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार