बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका एक जना कैदीको ज्यान गायो
समाचार

जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका एक जना कैदीको ज्यान गायो

अछाम । जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका एक जना कैदीको ज्यान गएको छ । मंगलसेन नगरपालिका वडा नम्बर–५ का बेदराज भाटको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिए ।

आफ्नै शरीरमा चिथोर्ने, चिच्याउने, कराउने गर्न थालेपछि जिल्ला अस्पताल अछाममा लगिएको र थप उपचारका लागि सेती प्रादेशिक अस्पताल रेफर गरिएको थियो । जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत अछामले भाटलाई १० वर्ष ३ महिना ८ दिनको कैद सजायको फैसला गरेको थियो । उनी भदौ २ गतेदेखि जेल चलान भएका थिए । जेल गएको हप्ता दिन नपुग्दै उनको ज्यान गएको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार