बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • चुनावमा राजनीतिक दलका मुख्य दुई प्रचारकलाई मात्रै हेलिकप्टर प्रयोग गर्न दिइने
समाचार

चुनावमा राजनीतिक दलका मुख्य दुई प्रचारकलाई मात्रै हेलिकप्टर प्रयोग गर्न दिइने

चुनावमा हरेक राजनीतिक दलका मुख्य दुई प्रचारकलाई मात्रै हेलिकप्टर प्रयोग गर्न दिने निर्वाचन आयोगले जनाएको छ । आज सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रस्तावित आचारसंहितामा गाडी प्रयोग गर्दा अपनाउनुपर्ने आचरणअन्तर्गत कसले हेलिकप्टर प्रयोग गर्न पाउने र कसले नपाउने भन्ने उल्लेख गरिएको छ ।

आचारसंहितामा राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने र त्यस्ता प्रचारकमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय कार्यपालिकामा रहेका पदाधिकारी भने रहन नपाउने भनिएको छ । तर कुनै पनि मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीलाई मुख्य प्रचारकको रूपमा अनुमति नदिइने आचारसंहितामा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार