बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • धितोपत्र बोर्डको बैठकले गर्‍यो सि-आश्वा शुल्क घटाउने प्रस्ताव
अर्थ

धितोपत्र बोर्डको बैठकले गर्‍यो सि-आश्वा शुल्क घटाउने प्रस्ताव

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि-आश्वा शुल्क घटाउने भएको छ । भदौ ५ गते आइतबार बसेको धितोपत्र बोर्ड बैठकमा सि- आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए ।

अब आईपीओ लगायतका सार्वजनिक निषकासनमा अधिकतम ५ रूपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरि बोर्डमा प्रस्ताव लगेर छलफल भएको उनले बताए । सोही अनुसार निर्णय भएर चाँडै कार्यान्वयनमा जाने अध्यक्ष हमालले बताए ।

जसमध्ये १ रूपैयाँ सार्वजनिक निष्कासन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले पाउनेछ । त्यस्तै १ रूपैयाँ सिडिएस एण्ड क्लियरीङ लिमिटेडले प्राप्त गर्नेछ ।अधिकतम शुल्क पाँच रूपैयाँ तोकिएको भए पनि त्यसभन्दा कम लिन सक्ने उनले बताए ।

हाल सार्वजनिक निष्कासनमा बोर्डबाट सि- आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रूपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो । जसमध्ये सिडिएस एण्ड क्लियरीङले २ रूपैयाँ र धितोपत्र निष्कासन तथा बिक्रि प्रबन्धकले १० रूपैयाँ प्राप्त गरेर त्यसभन्दा माथिको शुल्क सि-आश्व सदस्यलाई प्राप्त हुने व्यवस्था थियो ।
‘आईपीओ मा लगानी गर्ने लगानीकर्ताको संख्या ४/५ लाखबाट बढेर २५ लासम्म पुगिसक्यो, यस्तोमा लगानीकर्ताको वास्तविक मूल्यांकन गर्दै आईपीओ भर्दा लाग्ने शुल्क घटेको छ’ बोर्ड अध्यक्ष हमालले भने, ‘लगानिकर्ताको हितलाई हेरेर उनीहरूको लागि कसरी कम गर्न सकिन्छ भनेर लगानीकर्ताको पक्षमा निर्णय गर्न बोर्डमा प्रस्ताव लगेको हो ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार