बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिनेको निर्वाचन चिह्न मात्रै मतपत्रमा समावेश हुने
Breaking News

प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिनेको निर्वाचन चिह्न मात्रै मतपत्रमा समावेश हुने

आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिह्न मात्रै मतपत्रमा समावेश हुने भएको छ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागिसमेत अतिरिक्त निर्वाचन चिह्न राखेर मतपत्र छपाइ गरिएको थियो।

त्यसरी मतपत्र छपाइ गर्दा मतपत्र ठूलो (भद्दा)भएको र बदरको सङ्ख्या पनि बढाएको थियो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी सङ्घीय र प्रदेशको निर्वाचनमा पहिलो हुने, निर्वाचित हुने ( प्रत्यक्ष) तर्फ उम्मेदवारी दिने उम्मेदवार र समानुपातिक प्रणालीतर्फ उम्मेदवारी दिने दलको निर्वाचन चिह्न समावेश गरेर मतपत्र छपाइ गरिने जानकारी दिए।

आयोगले आउँदो निर्वाचनका लागि संघीय तर्फको १६५, प्रदेशतर्फ ३३०, सात प्रदेशका लागि सात र समानुपातिकका लागि एक गरी ५०३ प्रकारका मतपत्र छपाइ हुने जनाएको छ। मतदान केन्द्रमा चार वटा अलग अलग मतपत्र, मत संकेत गर्ने स्थान, र मत पेटिकाको व्यवस्था गरिने र निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, स्वीकृति लिई सञ्चालनमा रहेको वृद्धाश्रममा रहेका मतदाता लगायतका अस्थायी मतदाता सूचीमा समावेश गरी समानुपातिकतर्फ मताधिकारका लागि आयोगले तयारी गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार