बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • आइतवार सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आउँदो मङ्गलवार सुनाइने
समाचार

आइतवार सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आउँदो मङ्गलवार सुनाइने

काठमाण्डौ । सर्वोच्च अदालतले आज आइतवार सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आउँदो मङ्गलवार सुनाउने भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासले यो फैसला सुनाउने भएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यही भदौ ७ गते मङ्गलवारका दिन निर्णय सुनाउने मिति तय भएको हो । यसअघि यही भदौ १ गते आजका लागि निर्णय सुनाउने मिति तय गरिएको थियो । कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गएको साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आज मिति तोकिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार