बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नेपालमा थप दुई सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि
समाचार

नेपालमा थप दुई सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा दुई सय ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार चार सय २३ जनाको नमुना परीक्षण गर्दा दुई सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाण्डाै । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । यही अवधिमा चार सय ७९ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा चार हजार तीन सय ३८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४४ हजार २८२ जना पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा चार हजार तीन सय ४३ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार