बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • दक्षिण अफ्रिकाले पहिलो टेस्टमा घरेलु टोली इङ्ग्ल्यान्डलाई हरायो
समाचार

दक्षिण अफ्रिकाले पहिलो टेस्टमा घरेलु टोली इङ्ग्ल्यान्डलाई हरायो

दक्षिण अफ्रिकाले पहिलो टेस्टमा घरेलु टोली इङ्ग्ल्यान्डलाई हराएको छ । लर्ड्समा भएको खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले इङ्ग्ल्यान्डलाई एक इनिङ्स र १२ रनले हराएको हो । जितसँगै ३ खेलको टेस्ट शृङ्खलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ। इङ्ग्ल्यान्डको दोस्रो पारीलाई १ सय ४९ रनमा समेट्दै दक्षिण अफ्रिकाले दुई दिनभन्दा बढीको खेल बाँकीको अवस्थामा जित हात पारेको हो । पहिलो पारीमा दक्षिण अफ्रिकाले १ सय ६१ रनको अग्रता बनाएको थियो ।

१ सय ६१ रनले पछि परेको दोस्रो पारीमा इङ्ग्ल्यान्डले १ सय ४९ रन जोड्दा सबै विकेट गुमायो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इङ्ग्ल्यान्डले पहिलो पारीमा अलआउट हुनुअघि १ सय ६५ रन बनाएको थियो । पहिलो पारीमा दक्षिण अफ्रिकाले ३ सय २६ रन बनाउँदा सबै विकेट गुमाएको थियो । दुई देशबीचको दोस्रो टेस्ट बिहीवार हुनेछ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार