बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ६२ परियोजनामा साढे २ अर्ब वैदेशिक लगानी
समाचार

६२ परियोजनामा साढे २ अर्ब वैदेशिक लगानी

सुदूरपश्चिमबाट छनोट गरेर प्रस्ताव गरिएका विभिन्न ६२ परियोजनामा साढे २ अर्ब वैदेशिक लगानी भित्रिएको छ। प्रदेशमा आर्थिक वर्ष २०७७/७८ मा प्रत्येक्ष वैदेशिक लगानी २ अर्ब ४९ करोड ६० लाख रहेको हो।

कैलालीबाट वैदेशिक लगानीका लागि १९ परियोजना प्रस्ताव गरिएकोमा ती परियोजनामा १ अर्ब ९८ करोड लगानी आएको हो। वैदेशिक लगानीका लागि प्रस्ताव गरिएका परियोजनामध्ये सबैभन्दा बढी कैलालीमा लगानी आएको छ। यसले सुदूरपश्चिममा वैदेशिक लगानीको वातावरण क्रमिक रुपमा बन्दै गएको देखाउँछ। पछिल्लो समय वैदेशिक लगानी प्रदेशहरुमा पनि आउन सुरु भएको लगानी बोर्डका प्रवक्ता अमृत लम्सालले बताए। ‘सुदूरपश्चिममा पश्चिम सेती, सेती ६ तथा खप्तड लगायत उच्च सम्भावना बोकेका योजनामा वैदेशिक लगानी प्रतिवद्धता आएको उनले बताए । वैदेशिक लगानी व्यवसायिक रुपमा दिर्घकालिन समयसम्म प्रतिफल प्राप्त गर्न सकिने अवस्था देखिए मात्र आउने गरेको लगानी बोर्डले जनाएको छ।

कुल लागत ४ अर्ब ८० करोड रहेको ती आयोजनामा गत वर्षको अन्त्यसम्म २ अर्ब ४९ करोड ६० लाख रुपैयाँ एफडीआई प्रस्ताव गरिएको थियो। यो आयोजनाको कुल लागतको करिब ५२ प्रतिशत हो। वैदेशिक लगानीका लागि सबैभन्दा बढी कञ्चनपुरबाट २३ वटा परियोजना प्रस्ताव गरिएको थियो। यस्तै बैतडीबाट ८, अछामबाट ४ तथा दार्चुला डडेल्धुराबाट ३र३ र डोटी बझाङबाट एकरएक परियोजनाका लागि प्रस्ताव गरिएकोमा कूल ५२ प्रतिशत वैदेशिक लगानी आएको आर्थिक सर्वेक्षणले देखाएको छ।

प्रदेशभित्र आर्थिक वर्ष २०७८/७९ मा विदेशी लगानी स्वीकृति पाएका उद्योगको संख्या ५० रहेको छ। सुदूपश्चिममा वैदेशिक लगानीका लागि जलविद्युत, जडिबुटी, कृषिमा बढी सम्भावना देखिएपनि प्रभावकारी रुपमा काम हुन सकेको छैन। आर्थिक रुपमा उच्च सम्भावना बोकेको प्रदेश भएर पनि स्वदेशी तथा वैदेशिक लगानी आह्वान गरेर यहाँका सम्भावनाहरुलाई केन्द्रमा राख्ने काम तीन तहकै सरकारबाट हुन नसकेको सरोकारवाला बताउँछन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार