बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • सन्दीप लामिछानेले यूएईमा हुने इन्टरनेशनल लिग टी-२० क्रिकेट प्रतियोगिता डिजर्ट भाइपर्सबाट खेल्ने
समाचार

सन्दीप लामिछानेले यूएईमा हुने इन्टरनेशनल लिग टी-२० क्रिकेट प्रतियोगिता डिजर्ट भाइपर्सबाट खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले यूएईमा हुने इन्टरनेशनल लिग टी-२० क्रिकेट प्रतियोगिता डिजर्ट भाइपर्सबाट खेल्ने भएका छन् । लान्सर क्यापिटलको स्वामित्वमा रहेको डिजर्ट भाइर्पसले शुक्रबार लिगका लागि १४ विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा सन्दीपसहित साम बिलिङ्स, वानिन्दु हसरंगा, टम कुरान, शेल्डन कट्रेल, बेन डकेट, एलेक्स हाल्सलगायत छन् ।

२२ वर्षीय लेग स्पीनर सन्दीप यसअघि नै विश्वका नाम चलेका स्टार खेलाडीहरुसँगै मार्की खेलाडीको रुपमा अनुबन्ध भएका थिए । त्यसबाट उनलाई भाइपर्सले लिएको हो । डिजर्ट भाइपर्सको डिरेक्टरमा टम मुड्डी छन् भने मुख्य प्रशिक्षकमा जेम्स फोस्टर छन् । इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुन लागेको पहिलो संस्करणको इन्टरनेशनल लिग टी-२० क्रिकेट आगामी वर्ष जनवरी ६ देखि फेब्रुअरी १२ सम्म हुनेछ । जसमा ६ फ्रेन्चाइज टिमले डबल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

हरेक टिममा १८ खेलाडी हुनेछन् । जसमध्ये १४ खेलाडी विदेशी रहने व्यवस्था छ । भाइपर्ससहित ६ वटै टिमले आफ्नो टिममा रहने १४ विदेशी खेलाडीको नाम सार्वजनिक गरिसकेका छन् । हरेक टिमको बाँकी ४ खेलाडी भने यूएईकै हुनेछन् ।यस्तै प्लेइङ लिस्टमा ९ जना विदेशी खेलाडी हुनेछन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार