सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • जयपृथ्वी नगरपालिकाको पुँजीगत खर्च ८० प्रतिशत
अर्थ

जयपृथ्वी नगरपालिकाको पुँजीगत खर्च ८० प्रतिशत

चालू आर्थिक वर्ष ०७८÷७९ मा जयपृथ्वी नगरपालिकाले पुँजीगत बजेट ८० प्रतिशत खर्च गरेको छ । समिक्षा अवधीमा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुमन बोगटीले प्रस्तुत गरेको विवरणमा २८ करोड ६१ लाख ७३ हजार रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएको नगरपालिकाले २३ करोड १४ लाख ४२ हजार रुपैयाँ अर्थात् ८०.८७ प्रतिशत खर्च गरेको हो ।
नगरपालिकाको चालू खर्च भने ९४.०९ प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ । ४९ करोड १६ लाख १८ हजार रुपैयाँ चालू खर्च गर्ने लक्ष्य लिएको नगरपालिकाले ४६ करोड २५ लाख ५२ हजार रुपैयाँ अर्थात् ९४.०९ प्रतिशत खर्च गरेको बोगटीले बताए ।
आर्थिक वर्ष ०७९÷८० का लागि नगरपालिकामा विभिन्न निकायबाट ५६ करोड २९ लाख ४१ हजार रुपैयाँ अनुदान प्राप्त भएको थियो । जसमा संघ सरकारबाट ५२ करोड २० लाख ३२ हजार, प्रदेश सरकारबाट १ करोड ९६ लाख ३९ हजार, अन्य दातृ निकाय, संघसंस्थाबाट १ करोड १३ लाख १० हजार रुपैयाँ र आन्तरिक स्रोतबाट ९९ लाख ६० हजार रुपैयाँ नगरपालिकालाई अनुदान प्राप्त भएको थियो ।
विवरणअनुसार आयस्रोत भने वित्तीय समानीकरण, सशर्त अनुदान, आन्तरिक आय, मौज्दातसहित, समपुरक, विशेष, सामाजिक सुरक्षा र गरिव विश्वश्वर कार्यक्रमबाट आम्दानी६९ करोड ६९ लाख ३८ हजार ७८६ रुपैयाँ, खर्च ६१ करोड ८७ लाख ९ हजार ७८६ रुपैयाँ र बाँकी ७ करोड ८२ लाख २९ हजार रुपैयाँ फ्रिज गएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार