सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • सेयरमा गरेको लगानी घाटामा जाँदा बिमा कम्पनीलाई धक्का
बजार

सेयरमा गरेको लगानी घाटामा जाँदा बिमा कम्पनीलाई धक्का

काठमाडौं । सेयर बजारमा गरेको लगानी घाटामा जाँदा गत आर्थिक वर्ष २०७८/७९ मा अधिकांश बीमा कम्पनीको नाफामा धक्का लागेको छ । सेयरको लगानीकै कारण व्यवसायको हिसावले दुई ठूला जीवन बीमा कम्पनीहरुले त गत आर्थिक वर्षमा खुद नोक्सानीमा रहेको प्रारम्भिक वित्तीय विवरण प्रकाशित गर्नुपरेको छ ।

जीवन बीमा कम्पनीको वास्तविक नाफा बिमाङकीय मूल्यांकनपछि यकिन हुन्छ । बीमा कम्पनीहरुले जीवन बीमा कोषमा रहेको रकमबाट एक वर्षमा विभिन्न क्षेत्रमा लगानी गरेर प्राप्त भएको रकममध्ये केही हिस्सा जीवन बीमा कम्पनीको नाफामा आउने गर्छ । त्यसले गर्दा जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्यांकनपछि मात्रै वास्तविक नाफा देखिन्छ । यद्यपि प्रारम्भिक वित्तीय विवरण प्रकाशित गर्दा बीमा कम्पनीको नाफा प्रभावित भएको देखिन्छ ।

बीमा समितिले २०७४ मा एकसाथ १० वटा जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । नयाँ जीवन बीमा कम्पनीहरुको व्यवसाय विस्तारसँगै सामान्य नोक्सानीको लागि व्यवस्थामा केही रकम छुट्याएपनि नाफा बढेको छ । नयाँ जीवन बीमा कम्पनीले नोक्सानी व्यवस्थाको लागि छुट्याएको रकम न्यून हुँदा नाफा बढेको देखिएपनि पुराना कम्पनीको भने अधिकांशको नाफा घटेको छ ।

पुराना जीवन बीमा कम्पनीहरु नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको प्रारम्भिक वित्तीय विवरण नोक्सानीमा जाँदा एसियन, सूर्या, प्राइम तथा नयाँ कम्पनीमा युनियन लगायतका कम्पनीको नाफामा गिरावट भएको छ । गत आर्थिक वर्षको प्रारम्भिक वित्तीय विवरणअनुसार जीवन बीमा कम्पनीले २ अर्ब ५१ करोड ६५ लाख खुद नाफा कमाएका छन् । रहेको छ । जबकी आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा यस्तो नाफा ३ अर्ब ७६ करोड ७९ लाख रहेको थियो । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत आवमा ३३.२१ प्रतिशतले नाफामा गिरावट भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार