आइतवार, जेष्ठ २६, २०८२
साहित्य

हस्तीहरुको दुनियाँ

कम्मान रावल

सुत्ने ठाउँ नपाएकाहरु
कसरी देख्छन सपना?

पाउ नभएकाहरु
कसरी कुल्चन्छन फूल?

हात नभएकाहरु
कसरी लेख्छन कविता?

आँखा नभएकाहरु
कसरी देख्छन संसार?

यी सब प्रश्न झुठ हुन
यी तमाम
हस्तीहरुको पनि आफ्नै दुनियाँ छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार