बिहिबार, अशोज ३, २०८१
Breaking News

बलात्कारीका नाममा

कुनै न्युक्लिएर बमभन्दा
हजारौं गुणा विध्वंसकारी हुनसक्छ
कामुक पुरुषको लिङ्ग !
ब्रम्हाजी,
दरिद्र पुरुषको सिर्जना गर्न बन्द गरिदेऊ
तिमीले बनाएको
बहुलाएको पुरुषभन्दा
वैज्ञानिकले बनाएको रोबर्ट
धेरै सुरक्षित र अनुशासित छ !
फेरि पनि बलात्कार भएको छ
सडकमा मैनबत्ती प्रज्ज्वलित हुनेछ
यसपटक मैनबत्तीको ठाउँमा
बलात्कारी पुरुषलाई जलाएर हेर
अर्को पटक मैनबत्ती जलाउन पर्ने छैन !
कुनै पनि दृश्य कामुक हुँदैन
कामुक हुन्छ त दृष्टि !
केही मान्छेहरू
विश्लेषण गर्दै छन्
छोटो कपडा बलात्कारको कारण हो
त्यहाँ कोही थिएन कि
बलात्कार छोटा कपडाले होइन
छोटो मानसिकताले हुन्छ भनेर व्याख्या गर्ने !
नारीहरू
नग्न हिँडिदेऊ
तिम्रो स्तनलाई सितन देख्नेहरू
बताइदेऊ
बलात्कारीको वीर्य यसैबाट बनेको हो
छर्लङ्ग देखाइदेऊ
योनी र भनिदेऊ
जुन योनीमा आफ्नो बहुला वासना पोख्ने सोच्दै छन्
यहि बाटो हुँदै आएका हुन् धर्तीमा !

अघिल्लो समाचार

वर्तमान र दायित्व
वर्तमान र दायित्व

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार