तीर्थराज जोशी
भाव शून्य, कल्पना शून्य र सपना शून्य
मुर्तिवत् वर्तमान बाँचेर
अनर्गल तर्क र दायित्यहीन नाराहरुले
झन् झन् पीडामा पीडा थपिरहेन
र म सर्वांगीण मर्माहत भइरहेछु
अशान्ति कोलाहल र आन्दोलनहरुका
विकृत पर्राहरुका चोटै चोटले
चोट्याइ रहेछ मेरो स्वाभिमानको प्रबललाई
अपीर गुहारहरु अरण्डरोदन बढ्दैछन् ।
र एक्लो बृहस्पति झैं झोक्याइरहेछु ।
घात प्रतिघात र बिश्वासघात
मैलाई रहेको मेरो परिबेशमा
अन्तस्थलका फूलहरु ओइलीरहेछन् ।
र बिसगंतिका वनमा वनमाराहरु
मेरो सु(संस्कत अभावलाई निलिरहेछ ।
लिप्सै लिप्साका अस्वस्थकर खेलहरुले
स्थापित मूल्य र मान्यतका लक्षण रेखाहरुलाई
नाघिरहेछ बारम्बार कलियुगी रावण बनेर
र त अस्तित्वबिहिन भइरहेछ ।
मेरो लुम्बिनी र मैथिल भूमिमा
उल्झनपछि अल्झनको हाम्रो बर्तामान
दिन प्रतिदिन विबेकहीन बढ्दै गर्दा पनि
हामी ज्यूका त्यू पद लिप्साको खाँतिर
स्वाभिमान रित्ताएर निर्लज्जताका साथ
कुर्लिरहेछौं, डुक्रिरहेछौं
आफ्नो माटोलाई बिभाजित गर्ने धृष्टताहरु
बिनासकारी स्वार्थको मोहजालमा फसेर
बर्बर, निर्मम र निर्मोही बनिरहेछन्
र उघ्रनै लागिरहेको सूर्योदयलाई निमोठ्न
निम्त्याइ रहेछन् महासक्रमणलाई ।
उठौं अन्र्तस्थलका प्रतिबद्धताहरु
जन्मभूमि र मातृभूमिलाई उठाउन
सुकर्मका पसिनाहरुले चिसो यस धर्तिलाई
आस्था र निष्ठाको अभिमान लिएर
बचाऔं लोकतन्त्रलाई
फेसबुक प्रतिक्रियाहरु