सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • विद्यालयलाई प्रतिक्षालय हस्तान्तरण
अर्थ

विद्यालयलाई प्रतिक्षालय हस्तान्तरण

बझाङ । बझाङको बालविकास मावि गोलाईमा सनराइज बैंकले निर्माण गरेको प्रतिक्षालय हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच बैंकले विद्यालयलाई हस्तान्तरण गरेको हो ।

बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निर्माण गरिएको प्रतिक्षालय हस्तान्तरण गर्दै शाखा प्रमुख नवराज मिश्रले बैंकिङ कामसँगै आफ्नो उत्तरदायित्वअन्तर्गत समुदायमा गएर सामाजिक कामसमेत गर्दै आएको बताए ।

कार्यक्रममा वडाध्यक्ष ईश्वर खातीले बैंकले विद्यालयमा प्रतिक्षालय निर्माण गरेर सहयोग गरेकोमा धन्यवाद दिँदै विद्यालयलाइ सक्दो सहयोग गर्ने बताए । विद्यालयका प्रधानाध्यापक केशबहादुर खातीले पनि विद्यालयमा भौतिक संरचना बनाएकोमा बैंकलाई धन्यवाद दिँदै उनले भने, प्रतिक्षालयले विद्यालयमा आउने आगन्तुक तथा शिक्षक अविभावक सबैलाई सहज हुनेछ ।

विद्यालयका शिक्षक अविभावक संघका अध्यक्ष पूर्णबहादुर नेपालीको सभापतित्वमा सम्पन्न भएको प्रतिक्षालय हस्तान्तरण कार्यक्रम नरेन्द्र उपाध्यायले सञ्चालन गरेका थिए । कार्यक्रममा जयपृथ्वी नगरपालिका ४ का वडाध्यक्ष खाती, वडा सदस्य पुष्पराज उपाध्याय, महिला वडा सदस्य विन्दु निरौला, बैंकका कर्जा सहायक लक्ष्मण सिंह, बैंकका अपरेशन ईन्चार्ज नवराज रोकाया, म्यासेन्जर कासीराम कोइरालालगायतको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार