बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी
Breaking News

बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका रंगबहादुर खातीलाई पराजित गर्दै नगरप्रमुखमा एमालेका रामबहादुर बानियाँ र उपप्रमुखमा नेपाली कांग्रेसकी रीता शाहीलाई पराजित गर्दै एमालेकी माया कुँवर विजयी भएकी हुन् ।

नगरप्रमुखमा बानियाँले ४ हजार ४७७ मत ल्याएर विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी खातीले ३ हजार ७७४ मत प्राप्त गरे ।

त्यसैगरी उपमेयरमा एमालेकी कुँवरले ४ हजार ७२७ मत ल्याएर विजयी भइन् भने उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रीता शाहीले ३ हजार ७५५ मत प्राप्त गरिन् ।

नगरपालिकाको १० वटा वडामध्ये वडा नम्बर ४, ७ र ८ मा नेपाली कांग्रेसले जितेको छ भने बाँकी वडामा एमालेले जितेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार