शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा
समाचार

अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् । लगतै विशेष समय लिएर बोलेका अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने भन्दै राजीनामा घोषणा गरेछन् ।

उनले भने, ‘एउटा संसदीय छानबिन मात्र होइन, म हजारौं छानबिनका लागि तयार छु’, छानबिनका लागि आफूले  माार्गप्रशस्त गरेको बताए । बजेट निर्माणका आफूले कुनै गल्ती नगरेको उनको दाबी छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार