बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • रामेछापमा बस दुर्घटना हुँदा ९ जनाकाे ज्यान गयाे
समाचार

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाकाे ज्यान गयाे

काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज बिहान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ जना पुगेको छ । २४ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा ५ पुरुष र ४ महिलाको घटनास्थलमै ज्यान गएको घटनास्थलमा उद्धार कार्यमा सक्रिय सुनापती गाउँपालिकाकी उपाध्यक्ष गिता विष्ट चौलागाईंले जानकारी दिइन् । उनका अनुसार २१ जना घाइतेलाई गाडीमा राखेर काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको छ । गम्भीर घाइते ३ जनालाई भने हेलिकोप्टरबाट काठमाडौं पठाइएको उनले जानकारी दिइन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार