बिहिबार, अशोज ३, २०८१
Breaking News

कविता-खुसी

कम्मान रावल

एक खुसी बाटोमा हरायो
एक खुसी
बाटोमा भेट्टिन्छ।
एक दुःख
ढोकाबाट भित्रिन्छ
एक खुसी
झ्यालबाट आउँछ ।
एक खुसी
सहरमा हरायो
एक खुसी
गाउँमा भेट्टिन्छ ।
एक दुःख
ओठमा देखिन्छ
एक खुसी
आँखामा देखिन्छ ।
एक दुःख आकाश हो
एक खुसी धर्ती हो ।
एक दुःख बर्खा हो
एक खुसी हिउँद हो ।
एक खुसी आमा हुन
एक खुसी बुवा हुन
एक खुसी म आँफै हुँ
एक खुसी जिन्दगी हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार