बुधबार, भदौ २६, २०८१
साहित्य

उज्ज्वलले देखाएको बाटो….

डा. प्रगति घिमिरे

उज्ज्वलले देखाएको दूरदर्शी बाटो हो
युवा अघि सर्नु यसको एउटा पाटो हो
अध्ययन गहन, समय सुहाउँदो दर्शन
अमेरिका देखि रोल्पासम्म आकर्षण !

बाटो त उज्ज्वलले देखाएकै सही हो
अन्त्यमा सबै पुग्ने हामी त्यहीँ हो
अनुशासित जनता, सेवक सरकार
त्यही शालीन संस्कारमा हुर्के पुकार !

बाटो त उज्ज्वलले देखाएको सही हो
रबी बालेन पुकार हिँड्ने बाटो त्यही हो
धेरै ढिला भई सक्यो अब नगर अबेर
सुनिदेऊ नेपाल आमाको चित्कार ।

बाटो त उज्ज्वलले देखाएको सही हो
सुसंस्कृत राजनीति गर्ने समय यही हो
बनिदेऊ तिमी बूढा बा–आमाको आधार
सुनिदेऊ तिमी दिदी–बहिनीको पुकार ।

 

अर्को समाचार

आजको कार्टुन
आजको कार्टुन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार