बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  •  नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्दै
समाचार

 नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्दैछ । खेल राति पौने ९ बजे किङ्ग सिटी ओन्टारियोमा सुरु हुनेछ । नेपाली टोली मङ्गलवार क्यानडा गएको थियो। त्यहाँ ओन्टारियोसँगको अभ्यास खेल र दुई एक दिवसीय खेलपछि टोली स्कटल्यान्ड जानेछ । क्यानडासँग असार २० र २१ गते एक दिवसीय श्रृङ्खला हुनेछ ।

नेपालले क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि टोलीमा दुई परिवर्तन गरेको छ । बसिर अहमद पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । स्पिन अलराउन्डर पवन सरार्फले पनि टोलीमा पुनरागमन गरेका छन् । अमेरिकामा रहेका स्पिनर सागर ढकाल, सुशान भारी र ओपनर सुनिल धमला टोलीमा छैनन् । स्कटल्यान्डमा नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिदेशीय एक दिवसीय श्रृङ्खला हुनेछ । नेपालले असार २७ र ३२ गते स्कटल्यान्ड तथा असार २९ र साउन एक गते नामिबियासँग खेल्नेछ ।

अङ्क तालिकामा नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेलमा बराबरीसहित १५ अङ्कका साथ पाँचौँ स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार