बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • कसले भत्कायो जयपृथ्वीबहादुरको सालिक ?
Breaking News

कसले भत्कायो जयपृथ्वीबहादुरको सालिक ?

बझाङ । गत वर्ष असोजमा बझाङी भाषामा चलचित्र बनाउने एक समूहले सदरमुकाम चैनपुरको चौराहामा जयपृथ्वीबहादुर सिंहको सालिक निर्माण गर्‍यो । सालिकको तलपट्टी घातुको प्लेटमा ‘असतोमा सदगमय, तमसोमा ज्योतिर्गमय’ समेत लेखिएको थियो ।

बझाङ्गी भाषाको चलचित्र बनाउने छायांकन टोलीले कथामा जयपृथ्वीबहादुर सिंहको बझाङ चिनाउने अभियान आएपछि चार दिन लगाएर शालिक बनाए । मध्यराति नै शालिक बनाएर सुटिङ गरेपश्चात् जयपृथ्वी नगरपालिकाले शालिकको संरक्षण गर्ने जिम्मेवारी लियो । तत्कालिन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाहीले कलाकारहरूले सालिक निर्माण गरेकोमा धन्यवाद दिँदै त्यसको संरक्षण गर्ने वचनसमेत दिए । तर ६ महिना नपुग्दै शालिक भत्कियो ।

गएको चैत तेस्रो साता चैनपुरको चौराहामा राखिएको शालिकको टाउको भुँईमा र बाँकी भाग शालिकमै देखियो । अहिले पसलेहरुले खसेको टाउको शालिकमा राख्दै आएका छन् । कहिले हावाहुरीले खस्ने त कहिले मदिरा सेवन गर्ने मान्छेले लात्तीले हान्दै शालिक ढाल्ने गरेको स्थानीय बताउँछन् । ‘मानवताको सन्देश लिएर विश्वभरी फैलाउने राजाको जिल्लामा अहिले जँड्याहा मात्रै उत्पादन भएका छन्,’ एक पसलले भने, ‘राजाले आफ्ना गुणहरु नछोडेरै गएछन् । अहिले मानवताबादी राजा जन्मेको ठाउँमा उनकै शालिकमा बुट बजारिरहेका छन् । उनको योगदानको कुनै कदर छैन ।’

शालिकको संरक्षणको जिम्मेवारी लिएको जयपृथ्वी नगरपालिका अहिले भने अनभिज्ञ छ । प्रमुख प्रशासकीय अधिकृत अमरराज जोशी जयपृथ्वीको शालिकको बारेमा आफूलाई जानकारी नभएको बताउँछन् । ‘शालिक कुन ठाउँमा राखिएको छ,’ उनले प्रश्न गर्दै भने, ‘म त भरखर आएको हुँदा शालिक चैनपुर बजारमा राखिएको भन्ने थाहै छैन । अब बुझ्नुपर्छ ।’

गत वर्ष असोजमा निर्माण गरिएको शालिक तस्बिर : बसन्तप्रताप सिंह

यता भरखर निर्वाचित भएका जयपृथ्वी नगरपालिका चेतराज बजालले चैनपुरमा अब दिगो रुपमा टिक्ने गरी शालिक बनाउने सोच बनाएको बताए । ‘अहिले भत्किएको शालिक सुटिङको लागि काम चलाउ मात्रै थियो । अब हामीले बलियो र लामो समयसम्म टिक्ने शालिक बनाउने तयारी गरिरहेका छौं ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार