सोमवार, अशोज २८, २०८१
  • होमपेज
  • दुर्गाथलीको नीति तथा कार्यक्रम : उज्यालो दुर्गाथलीदेखि डिजिटल दुर्गाथलीसम्म (पूर्णपाठसहित)
Uncategorized

दुर्गाथलीको नीति तथा कार्यक्रम : उज्यालो दुर्गाथलीदेखि डिजिटल दुर्गाथलीसम्म (पूर्णपाठसहित)

बझाङ । आगामी आर्थिक वर्ष २०७९/८० का लागि बझाङको दुर्गाथली गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । दुर्गाथली गाउँपालिकाको ११औं गाउँसभामा अध्यक्ष दिलबहादुर थापाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नीति तथा कार्यक्रममा उज्यालो दुर्गाथली बनाउनेदेखि डिजिटल दुर्गाथली बनाउनेसम्मका योजनाहरू सार्वजनिक गरिएका छन् ।

दुर्गाथली गाउँपालिकाको आगामी नीति तथा कार्यक्रम :

१. निर्माण कार्यलाई समयमै सम्पन्न गर्न र गुणस्तरीय बनाउनका लागि अनुगमन, मूल्याङकनलाई प्रभावकारी बनाई सार्वजनिक सुनुवाई गर्दा भिडियो क्लिप पेश गर्नुपर्ने ।

२. गा.पा भित्रका मुख्य सडक, बजार र चोकहरुमा सडक बत्ती जडान गर्ने व्यवस्था गरिनेछ ।

३. दुर्गाथली गाउँपालिकामा यसै आ.व. वाट राष्ट्रिय भवन संहिता लागू गरिने व्यवस्था मिलाई सवै खाले घर, टहरा निर्माण कार्यलाई नियमन गरि नक्सा पासको दायरामा ल्याईनेछ ।

४. यसै आ.व. बाट सुरुहुने गरि राष्ट्रिय विद्युत प्रसारण लाईन आगामी तिन वर्ष भित्र सवै घरटोलमा विद्युतीकरण गरि “उज्यालो दुर्गाथली“ घोषणा गर्ने लक्ष्य पूरा गर्न यसै आ.व. बाट बजेटको उचित व्यवस्था गरिनेछ ।

५. ‘डिजिटल दुर्गाथली’ अन्तर्गत गाउँपालिकाको डिजिटल प्रोफाईल निर्माण गर्न बजेटको व्यवस्था गरिनेछ ।

६. ‘एक घर एक करेसावारी’ , ‘एक वडा एक पकेट क्षेत्र’ र ‘एक टोल एक उत्पादन’ गर्ने नीति अवलम्बन गरिने छ ।

७. ‘विषादीमूक्त दुर्गाथली’ को नीति अवलम्बन गरि अर्गानिक खेतीमा जोड दिईनेछ ।

८. गा.पा.भित्र तरकारी पकेट क्षेत्र, फलफूल पकेट क्षेत्र, वेसार पकेट क्षेत्र, भौगोलिक अनुकुलताका आधारमा पकेट क्षेत्र निर्माण गरि व्यवासायिक खेतीमा जोड दिने नीति लिइनेछ ।

९. गाउँपालिका स्तरीय कृषि संकलन केन्द्र तथा हाट बजारको व्यवस्था गरिनेछ ।

१०. ३ वर्ष भित्रमा दुर्गाथली गाउँपालिकालाई तरकारी, दाल, दूध र मासुमा आत्मनिरर्भर बनाई ३ वर्ष भित्रमा ब्यवसायिक निर्यात गर्ने नीति लिईनेछ ।

११. कृषि प्राविधिकहरुले कृषकको समस्याको समाधान तथा आवश्यक परामर्श दिन, अन्नबाली बोटविरुमा तथा तरकारीमा लाग्ने विभिन्न रोगहरुको नियन्त्रणका लागि प्राविधिक सहितको ‘कृषि घुम्ती शिविर’ सञ्चालन गर्ने नीति लिइनेछ ।

१२. व्यवसायिक तथा सामूहिक तरकारी, फलफूल, वेसार, खेती गर्न चाहने कृषकहरुलाई प्रोत्साहन गर्न आफ्नो उत्पादन सहज रुपमा बजारसम्म पुर्याउनका लागि ‘कृषि एम्बुलेन्स’ खरिद गर्ने व्यवस्था गरिनेछ ।

१३. पशुपालक कृषकहरुलाई सहज बनाउन उन्नत जातका वहुवर्षीय ‘हरियो घाँस विकास कार्यक्रम’ प्रथामिकताका साथ कार्यन्वयन गरिनेछ ।

१४. पशुजन्य पदार्थहरुको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न नश्ल सुधार तथा कृत्रिम गर्भाधान कार्यक्रम र बाँझोपनको समस्या निराकरण गर्न आवश्यक पशु चिकित्सक सहितको घरदैलो घुम्ती शिविर कार्यक्रम सञ्चालन गरिनेछ ।

१५. ‘हाम्रो पहिलो रोजाई सामुदायिक विद्यालय’ भन्ने नारा लाई आत्मसाथ गर्दै सामुदायिक विद्यालयहरुको स्तरन्नोति गर्दै आधुनिक र प्रविधियुक्त बनाईदै लिने नीति लिईनेछ ।

१६. पालिकामा स्वास्थ्य उपचारमा चिकित्सकको अभाव भईरहने, पालिका वासिले समयमै उपचार नपाएर ज्यान गुमाउनु परेको दुखान्त लाई दृष्टिगत गरि ‘आफ्नो गाउँमी आफनई डाक्टर’ नाराका साथ यसै आ.व. बाट ‘अध्यक्ष छात्रवृत्ती कार्यक्रम’ लागु गरिने छ । अध्यक्ष छात्रवृत्ती कार्यक्रम अन्तर्गत दुईवर्ष यस पालिकामा सेवा गर्ने सर्तमा, मेरिटका आधारमा, कार्यविधि अनुसार अध्ययनका लागि २०–२० लाखका दरले दुईजना विद्यार्थीलाई छात्रवृत्ती दिन वजेटको व्यवस्था गरिनुका साथै, गा. पा. भित्रका सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि कक्षा १२, इसईई र कक्षा ८ को अन्तिम परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने एक छात्र, एक छात्रा र एक दलित विद्यार्थीलाई पुरस्कारको व्यवस्था गरिनेछ ।

१७. ‘हाम्रा बालबालिका हाम्रो भविष्य’ मान्यता अनुसार यसै आ.व. बाट शिशु र कक्षा एक (१) का कोठाहरु स्मार्ट र वालमैत्री बनाईने छन् । प्रारम्भिक बालविकास तथा शिक्षालाई विद्यालय शिक्षाको अभिन्न अंगको रुपमा विकास गरिनेछ ।

१८. शिक्षक अभावको समस्यालाई न्यूनीकरण गर्न ‘स्वंयमसेवक शिक्षक कार्यक्रम’ अन्तर्गत ऋयmउगतभच लगायत अन्य विषयका शिक्षकको व्यवस्था गर्ने नीति लिईनेछ ।

१९. गाउँपालिकाले शैक्षिक क्यालेण्डर निर्माण गरी शैक्षिक कार्यक्रमलाई एकरुपताका साथ कार्यान्वयन गरिने छ । कक्षा ७, ८, ९ को परीक्षालाई एकरुपताका साथ संचालन एवं व्यवस्थापन गरिनेछ ।

२०. महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई यसै आ.व. बाट लागू हुने गरी महिनाको १ हजार रुपियाँ थप प्रोत्साहन भत्ताको ब्यवस्था गरिनेछ ।

२१. ८ महिना पुगेको गर्भवती र एक महिनाको सुत्केरी आमाहरुलाई एम्बुलेन्समा लाग्ने भाडामा ५० % छुट दिईनेछ ।

२२. ७० वर्ष पुगेका र सो भन्दा माथिका विरामीहरुका लागि एम्बुलेन्समा लाग्ने भाडा मिनाहा गरिनेछ ।

२३. हजार दिन (गर्भ देखि २ वर्ष सम्मको वच्चा) को आमा र वच्चा लाई ‘उपाध्यक्ष कोसेली कार्यक्रम’ लागू गरिनेछ ।

२४. ‘अध्यक्ष स्वास्थ्य कार्यक्रम’ अन्तर्गत जेष्ठ नागरिक, अपाङ्ग, अशक्त, बालवालिका, सुत्केरी आमाको घरघरमा महिनाको अन्तिम शुक्रवार निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिनेछ ।

२५. जनताको जीउधनको सुरक्षालाई मध्यनजर गर्दै पालिकाको माथिल्लो भेग (५, ६ र ७ वडा) लाई लक्षित गरि यसै आ.व. भित्र थप एम्बुलेन्सको व्यवस्था गरिनेछ ।

२६. मुख्य बजार क्षेत्रमा पालिकाले फोहोरमैला व्यवस्थापन स्थल तोकिदिनेछ ।

२७. ‘अनाथको अभिभावक गाउँपालिका’ भन्ने नाराका साथ पालिकाका अनाथ, असहाय, बेवारिसे, अशक्त बालवालिकाको शिक्षा, स्वास्थ्य र आवासको व्यवस्था पालिकाले गर्नेछ ।

२८. समाजवाद उन्मुख लोककल्याणकारी राज्यको अवधारणा बमोजिम सरकारले उपलब्ध गराउदै आएको ‘सामाजिक सुरक्षा भत्ता लाई घुम्ति वैंक सेवा’ मार्फत वडाको केन्द्रमा वितरण गर्न ब्यवस्था गरिनेछ ।

२९. जनयुद्ध तथा जनआन्दोलनमा ज्यान आहुति गर्नुहुने महान सहिद परिवारहरुलाई यसै आ.व. बाट महिनाको तिन हजार (३,०००) का दरले निर्वाह भत्ता दिने व्यवस्था गरिनेछ । साथै, जनयुद्ध तथा जनआन्दोलनका घाईते योद्धाहरुलाई महिनाको एक हजार पाँचसय (१,५००) का दरले निर्वाह भत्ता दिने व्यवस्था गरिनेछ ।

३०. ‘एक घर चार फलफूल विरुवा’ कार्यक्रम लागु गरिनेछ । भौतिक पूर्वाधारको विकास र प्राकृतिक वातावरणवीच सन्तुलन कायम गर्न, गा.पा. को लगानीमा हुने भौतिक पूर्वाधार निर्माणमा अनिवार्य रुपमा वोटहरु रोप्ने नीति लिईनेछ ।

३१. ‘दुर्गाथली आयोजना वैंक’ को स्थापना गरिनेछ ।

३२. ‘एक वडा एक खेलमैदान’ निर्माण कार्यलाई जोड दिईनेछ ।

३३. उद्यमशीलताको माध्यमबाट महिलाको आर्थिक सशक्तिकरण गर्नका लागि पालिकाले ‘उपाध्यक्ष महिला सशक्तिकरण कार्यक्रम’ अन्तर्गत व्यवसायिक सिपमूलक तालिमको व्यवस्था गर्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार