कम्मान रावल
यतै कतै
अलपत्र परेको एक सफर
र म
बाटो खोज्दै
हिड्दै छौ बाटोमा
यतै कतै
अलपत्र परेको ढुङ्गा
ठेस लगाउछन पाउमा
यतै कतै
अलपत्र परेको समय
दगुरिरहन्छ एक रफ्तारमा
यतै कतै
अलपत्र परेको यो जगत
कटाउदै छ शताब्दी
यतै कतै
अलपत्र परेको अन्तरीक्ष
पनि म जतै छ
बाटो खोज्दै
बाटोमा हिड्दै छ।।
फेसबुक प्रतिक्रियाहरु