आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • सुदूरपश्चिम प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउँदै
अर्थ

सुदूरपश्चिम प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउँदै

सुदूरपश्चिम प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट ल्याउँदैछ। असार १ गतेभित्रै बजेट ल्याउनुपर्ने कानून प्रावधानअनुसार सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो। ४ बजे प्रदेशसभामा अर्थमन्त्री प्रकाश रावलले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यो बजेट सुदूरपश्चिम प्रदेशको पहिलो सरकारको अन्तिम बजेट हुनेछ। संघीयतापपछि २०७४ सालमा गठित पहिलो प्रदेश सरकारले कार्यकालको उत्तरार्धमा ल्याउने यो बजेट छैटौं हो। अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएर केही थप नयाँ कार्यक्रमसहित आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी भइरहेको छ। प्रदेशको नीति तथा योजना आयोगले

पहिलोपटक पञ्चवर्षीय योजनासहित २५ अर्बको बजेट सिलिङ तोकेर पठाएको भए पनि संघीय सरकारबाट प्रदेशलाई प्राप्त हुने अनुदान रकम बढेर आएपछि आगामी बजेटको आकार बढ्ने प्रदेश सरकारले जनाएको छ। नीति तथा योजना आयोगले पठाएको बजेटको सिलिङभन्दा थोरै आकार बढाएर बजेट सार्वजनिक हुने आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिमका सचिव जितेन्द्र बस्नेतले बताए।

चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट विनियोजन गरेकोमा आगामी आर्थिक वर्षको लागि ३३ अर्ब बढीको बजेट ल्याउने तयारी प्रदेश सरकारको छ। पञ्चवर्षीय योजनाको आधारपत्रका आधारमा बाँडफाँट हुने गरी बजेट ल्याउन लागिएको प्रदेश सरकारले जनाएको छ। नीति तथा योजना आयोगले तोकेको सिलिङभन्दा बजेट थोरै तलमाथि हुनसक्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नवराज ओझाले बताए। बजेटको आधारसहित प्रदेश सभामा विनियोजन विधेयक र नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर आगामी बजेट सार्वजनिक गर्ने प्रदेश सरकारको तयारी छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार