सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • बझाङको जिसस प्रमुखमा गठबन्धनका बोहरा निर्विरोध निर्वाचित
Breaking News

बझाङको जिसस प्रमुखमा गठबन्धनका बोहरा निर्विरोध निर्वाचित

बझाङ । जिल्ला समन्वय समिति बझाङको प्रमुखमा नेपाली कांग्रेसका नेता तथा साझा गठबन्धनका उम्मेदवार नरबहादुर बोहरा निर्विरोध निर्वाचित भएका छन् । जिससको नेतृत्वका लागि नेकपा एमालेले उम्मेदवारी नै नदिएपछि गठबन्धनको प्यानल नै निर्विरोध निर्वाचित भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिसस उप–प्रमुखमा नेकपा एकीकृत समाजवादीका कृष्णबहादुर विष्ट निर्वाचित भएका छन् । यस्तै समितिको महिला सदस्यमा नेपाली कांग्रेसकी अस्मितादेवी चँदारा, बाटुलीदेवी ओड र एकीकृत समाजवादीबाट लक्ष्मीदेवी कामी निर्विरोध भएकी छन् ।

खुल्ला सदस्यमा नेपाली कांग्रेसका गौरीशंकर जोशी, नेकपा माओवादी केन्द्रका टोपबहादुर खड्का, गोरखबहादुर सिंह र दलित सदस्यमा नेपाली कांग्रेसकी रिता कामीको निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार