आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • असारमा निक्षेपको ब्याजदर नबढाउने तयारीमा वाणिज्य बैंकहरू
अर्थ

असारमा निक्षेपको ब्याजदर नबढाउने तयारीमा वाणिज्य बैंकहरू

काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनामा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघका अनुसार एक वर्षको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११.०३ प्रतिशत ब्याजदर दिनेछन् । संस्थागततर्फ १०.०३ प्रतिशत ब्याजदर बैंकहरूले दिनेछन् । विदेशबाट रेमिट्यान्स पठाउनेले भने अहिलेजस्तै १२.०३ प्रतिशत ब्याजदर पाउनेछन् ।

वाणिज्य बैंकले ब्याजदर नबढाउने भएपछि विकास बैंक र फाइनान्स कम्पनीको समेत ब्याजदर यथावत रहने भएको छ । बैंकहरूले माघदेखि निक्षेपमा ब्याजदर बढाएका छैनन् । माघदेखि नवीकरण गर्दा तथा नयाँ निक्षेपको ब्याजदर बढेको हुँदा बैंकहरूको बेसरेट भने असारमा बढेर आउनेछ ।

जसले गर्दा कर्जाको ब्याजदर बढ्नेछ । वाणिज्य बैंकहरूको औसत आधारदर २०७८ वैशाखमा ६.८३ प्रतिशत रहेकोमा २०७९ वैशाखमा ९.३० प्रतिशत कायम भएको छ । २०७९ वैशाखमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ७.२५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.४२ प्रतिशत रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार