बिहिबार, भदौ २०, २०८१
स्टक

राताम्ये सेयर बजार

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा राताम्ये देखिएको छ । आज कारोबारसमेत ९९ करोडमा सिमित भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.८२ अंकले घटेको छ । यसरी घटेको नेप्से २०३२ विन्दुमा झरेको छ । नेप्सेमा ०.७७ प्रतिशतको गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स २.३० अंकले घटेर ३८९.९५ विन्दुमा रहेको छ ।

कुल २३० कम्पनीको सेयर खरिदबिक्री भएको छ । २९ लाख २० हजार ७०५ कित्ता सेयरको खरिदबिक्रीबाट ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी सानिमा बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ९ करोड १ लाख ६१ हजार ५७४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार