काठमाडौं, ३० जेठ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । बैंकको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो भदौको २८ गते परिपक्व हुनेछ । यस्तै १८२ दिनको लागि ४ अर्बको ट्रेजरी बिल जारी हुन लागेको छ । यो मंसिर २७ गते परिपक्व हुनेछ । अर्को ३६४ दिनको ११ अर्बको ट्रेजरी बिल रहेको छ । जो २०८० जेठ ३० गते परिवक्व हुनेछ ।
फेसबुक प्रतिक्रियाहरु