बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • काठमाडौंको फोहोर व्यवस्थापन गर्न गगन थापाले दिए ६ सुझाव
Breaking News

काठमाडौंको फोहोर व्यवस्थापन गर्न गगन थापाले दिए ६ सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गरेको फोहोर व्यवस्थापनको प्रंशसा गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा मन्त्री र मेयरको प्रशंसा गर्दै उनले फोहोर व्यवस्थापनमा समस्या नआओस् भन्दै लागि ६ बुँदे सुझाव पनि दिएका छन् । दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन गर्न सुझाव दिएका हुन् ।

सुझावहरू

१. सहरी विकास मन्त्रालयले बोलाएको छलफलमा सहभागी सिसडोल-बन्चरेडाडा क्षेत्रका बासिन्दाहरूले भन्दै हुनुन्थ्यो, मन्त्रालयले गरेको पछिल्लो सम्झौता १७५औं सम्झौता हो । हरेक पटक संकट परेपछि यस्तो सम्झौता हुन्छ । तर, कार्यान्वयन हुँदैन । त्यसैले सम्झौता कार्यान्वयन नहुनेमा गहिरो आशंका व्याप्त छ । यो स्वभाविक संशयलाई यो पटक सम्झौता अक्षरस र भनेकै समय सीमाभित्र कार्यान्वयन गरेर चिर्नुपर्ने छ ।

२. यसको लागि संघीय सरकारले गर्ने भनि निर्दिष्ट गरिएको काम यसपटक एक ठाँउमा पनि नचुकी भनिएकै समयभित्र गर्न सहरी विकास मन्त्रालयको निरन्तर तदारुकता जरुरी छ । सम्झौतामा लेखिएका केहि काम सहरी विकास मन्त्रालयभन्दा अन्य मन्त्रालयको क्षेत्राधिकारभित्र पर्छ । ति मन्त्रालयले समयमा काम सम्पन्न गराउन कतिपय अवस्थामा प्रधानमन्त्री कार्यालयकै पहलकदमी चाहिन्छ । खासमा जग्गा अधिग्रहणको विषय यही आर्थिक वर्षमा टुंगाउन पर्छ । कानुनबमोजिम तोकिएपछि मानसिव क्षतिपूर्ति दिन, यही आर्थिक वर्षको बजेटमा पुग्दो रकम विनियोजनको व्यवस्था प्रधानमन्त्रीले गर्न लगाउनैपर्छ ।

३. संघीय सरकारको निश्चित समयभित्र गर्ने भनिएको कामको अनुगमन गर्न र आवश्यक पर्दा सहजीकरणसमेत गर्न काठमाडौं,धादिङ र नुवाकोटका सांसदहरूको अनुगमन, सहजीकरण समिति प्रस्तावित गरेका छौं । यो समितिले हरेक हप्ता बैठक बसी सहमतिमा भएको प्रत्येक बुँदाको कार्यान्वयन भए नभएको अनुगमन गर्ने छौँ । कहिँ अफ्ट्यारो परेमा सहजीकरण गर्ने छौँ, काम नगर्ने निकायलाई झक्झकाएर काम गर्न बाध्य बनाउने छौँ । समस्या आएपछि तात्नेभन्दा समस्या नै आउन नदिने गरी काम गर्नु पर्नेछ ।

४. काठमाडौं महानगरपालिकाले फोहोर प्रभावित क्षेत्रको लागि गर्ने भनि निर्दिष्ट गरिएको काम समयभित्र सम्पन्न गर्ने नै छ । कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकारभन्दा बाहिरको विषय भएकाले अन्य सम्बन्धित निकायले कामनपालाई सम्पूर्ण साथ दिनुपर्छ ।

५. फोहोर पठाउने अन्य सम्पूर्ण स्थानीय तहले पनि कामनपासँग निरन्तर समन्वय गरेर काम गर्न आवश्यक छ ।

६. कामनपाले श्रावण १ गतेबाट स्रोतमै छुट्याइएको फोहोर मात्र संकलन गर्ने भनेको छ । सम्पूर्ण महानगरबासीहरूले साथ दिएर यो अभियानलाई सार्थक बनाउनुपर्छ । कामनपाका सबै वडाहरूले किन्तुपरन्तु केही नभनी यो अभियानलाई सफल बनाउन असार महिना भरी आफ्नो वडाभित्र नगरवासीलाई सु-सुचित गर्ने लगायतको सम्पूर्ण तयारी गर्नुपर्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार