बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • १० महिनामा शोधनान्तर स्थिति २८८ अर्ब घाटामा
Breaking News

१० महिनामा शोधनान्तर स्थिति २८८ अर्ब घाटामा

काठमाडौं । मुलुकको शोधनान्तर स्थिति २८८ अर्ब रुपैयाँ घाटामा पुगेको छ । चालू आर्थिक वर्षको १० महिनामा उच्च आयात, निर्यातको हिस्सा कम, विप्रेषण आप्रवाहमा कमी तथा पर्यटक आगमन कम हुँदा मुलुक भित्रने रकमको कमी हुँदा शोधनान्तर स्थिति घटेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को यसै अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोड रुपैयाँ बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ५४ लाख बचतमा रहेकोमा यस वर्ष २ अर्ब ४१ करोड अमेरिकी डलरले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू खाता ५४७ अर्ब ३६ करोड रुपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्ष यसै अवधिमा चालू खाता २५१ अर्ब २९ करोड रुपैयाँ घाटामा रहेको थियो । यस अवधिमा पुँजीगत ट्रान्सफरमा ४१.३ प्रतिशतले कमी आई ७ अर्ब ९९ करोड रुपैयाँ कायम भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार