बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • सरकारबाट नेकपा (एस)द्वारा मन्त्रीहरू फिर्ता : ४ नयाँ अनुहार सिफारिस, १ जना मन्त्रीलाई बढुवा
Breaking News

सरकारबाट नेकपा (एस)द्वारा मन्त्रीहरू फिर्ता : ४ नयाँ अनुहार सिफारिस, १ जना मन्त्रीलाई बढुवा

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाएर नयाँ चार जनालाई रिफारिस गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय समितिले चार जना मन्त्रीलाई फिर्ता बोलाएको र १ जना राज्यमन्त्रीलाई मन्त्रीको जिम्मेवारीका लागि सिफारिस गरेको सचिवालयले जनाएको छ ।

एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी थिए ।

सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर ५ जना नयाँ नेतालाई मन्त्रीका लागि सिफारिस गरेको छ । स्रोतका अनुसार राज्यमन्त्री खापुङलाई समाजवादीको भागमा परेको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने बताइएको छ । अन्य मन्त्रीहरूमा पर्यटनमा जीवनराम श्रेष्ठ, सहरीमा मेटमणि चौधरी, श्रममा शेरबहादुर कुँवर मन्त्री हुनेछन् । हिराचन्द्र केसीलाई भने राज्यमन्त्री बनाइने भएको छ । सचिवालयले नयाँ मन्त्रीको नाम बालुवाटारमा पठाइसकेको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार