आइतवार, भदौ ३०, २०८१
  • होमपेज
  • १० रुपैयाँले घट्यो डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर
अर्थ

१० रुपैयाँले घट्यो डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर

काठमाडौं । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ । अर्थमन्त्रालयका अनुसार डिजेल र पेट्रोलमा प्रतिलिटर १०/१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको हो । अर्थ मन्त्रालयले १०/१० रुपैयाँले घटाएर उद्योग मन्त्रालयलाई पत्र पठाएको जनाएको छ ।

डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटेसँगै मूल्य पनि समायोजना हुनेछ । पछिल्लो पटकको मूल्य वृद्धिपछि पेट्रोलमा सरकारले एक लिटरमा लिने कर ६३ रुपैयाँ २३ पैसा पुगेको थियो । यस्तै डिजेलमा ४५ रुपैयाँ ९१ पैसा, मट्टीतेलमा १३ रुपैयाँ ६६ पैसा कर लाग्छ ।

यस्तै, खाना पकाउने ग्याँसमा ३२७ रुपैयाँ ३७ पैसा राजश्व सरकारले उठाउने गरेको छ भने हवाइ इन्धन आन्तरिकमा २३ रुपैयाँ ३२ पैसा र बाह्यतर्फ २ रुपैयाँ ५१ पैसा कर लाग्छ । यसरी करकै कारण भारतीय आयल कर्पोरेसनसँग ११७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोलमा ६३ रुपैयाँ २३ पैसा थप हुन्छ ।

पेट्रोलमा १५ रुपैयाँ १७ पैसा ढुवानी, प्राविधिक नोक्सानीमा थप हुँदा निगमको लागत पेट्रोलमा १९४ रुपैयाँ पुग्छ । यस्तै १३४ रुपैयाँ ५४ पैसामा किनेको डिजेलमा सम्पूर्ण सरकारी राजश्व ४५ रुपैयाँ ९१ पैसा थप हुन्छ भने अन्य नोक्सानी र ढुवानीको खर्च लिटरमा ७ रुपैयाँ थप हुन्छ । जसका कारण डिजेलको लागत १८९ रुपैयाँ ८२ पैसा पुगेको निगमको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार