बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • आज पनि संसदमा बजेटमाथि सैद्धान्तिक छलफल हुने
अर्थ

आज पनि संसदमा बजेटमाथि सैद्धान्तिक छलफल हुने

काठमाडाैं | सरकारले आइतबार संसद्मा पेश गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि बुधवार पनि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल हुँदैछ ।

मंगलबारदेखि प्रतिनिधि सभामा सुरू भएको सैद्धान्तिक छलफल बुधवार पनि जारी रहने छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । सामान्य छलफल सकिएपछि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा १७ खर्ब ९३ अर्ब बराबरको बजेट पेश गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार