शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • ६८ वर्षमै वृद्धभत्ता दिने सरकारको घोषणा
Breaking News

६८ वर्षमै वृद्धभत्ता दिने सरकारको घोषणा

काठमाडौं । सरकारले ६८ वर्षमै वृद्धभत्ता दिने घोषणा गरेको छ । अहिले हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता दिने भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/८० को बजेट संघीय संसदमा बजेट प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरेका हुन् । यसअघि सरकारले ६५ वर्षमै वृद्धभत्ता दिनेबारे छलफल चलाएको थियो । तर, बजेटमा ६८ वर्ष पुगेकालाई मात्रै दिने गरी व्यवस्था भएको हो ।

यसअघि २०७४ सालमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्षमै वृद्ध भत्ता दिने व्यवस्था गरेपनि संसदीय निर्वाचनपछि बनेको सरकारले सो निर्णय खारेज गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार