शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • चुनावमा धाँधली भएको छैनःप्रधानमन्त्री देउवा
Breaking News

चुनावमा धाँधली भएको छैनःप्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले छिटपुट घटनालाई लिएर चुनावमाथि निष्पक्षका प्रश्न उठाउन नमिल्ने बताए। नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै देउवाले चुनावमा धाँधली भएको भन्ने हल्लामा सत्यता नभएको बताए। एमालेले चुनावमा धाँधली भयो भनेर आरोप लगाइरहेको अवस्थामा प्रधानमन्त्री देउवाले भने चुनाव शान्तिपूर्ण र निष्पक्ष भएको छ । छिटपुट घटनालाई लिएर समग्रमा धाँधली भयो भन्न नमिल्ने उनले बताए ।

‘एकैपटक, एकैसाथ चुनाव सम्पन्न गर्नु चुनौतीपूर्ण विषय हो । साधन र स्रोतको सीमितताका बीच पनि चुनाव शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको छ । छिटपुट घटनालाई लिएर चुनावको समग्र प्रक्रिया र परिणाममा संशय व्यक्त गर्नु उपयुक्त हुँदैन’ देउवाले भने।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार