बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • डोटीमा बस दुर्घटना, ७ जना घाइते
Breaking News

डोटीमा बस दुर्घटना, ७ जना घाइते

डोटी । धनगढीबाट अछाम जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । शनिबार बिहान डोटीको शिखर नगरपालिका-१ गेरुपानीमा ना ५ ख ९६६३ नम्बरको बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बसमा सवार ७ जना घाइते भएका छन् भने बाँकीको सकुशल उद्दार गरिएको छ । बस सडकबाट करिब ५० मिटर तल सेती नदीको किनारमा खसेको छ । दुर्घटनाको कारण र घाइतेको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार