शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • खप्तडछान्ना गाउँपालिकाको अध्यक्षमा गठबन्धनका रोकाया विजयी
Breaking News

खप्तडछान्ना गाउँपालिकाको अध्यक्षमा गठबन्धनका रोकाया विजयी

बझाङ । खप्तडछान्ना गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धन तर्फबाट नेपाली कांग्रेस बझाङका सचिव उत्तमबहादुर रोकाया निर्वाचित भएका छन् । नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार लोकेन्द्रबहादुर सिंहलाई ४०३ मतले पछि पार्दै रोकाया विजयी भएका हुन् ।

गाउँपालिकाको अन्तिम मतगणनाअनुसार निर्वाचित रोकायाले ३१४१ मत र उनका प्रतिद्वन्द्वी सिंहले २७३८ मत ल्याएर पराजित भएका हुन् । त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा पनि गठबन्धनबाट नेकपा माओवादी केन्द्रको नेता विष्णुबहादुर थापा विजयी भएका छन् ।

थापाले नेकपा एमालेकी नेतृ देवकी जोशीलाई ९२९ मतले पछि पार्दै विजयी भएका हुन् । अन्तिम मतगणनाअनुसार उपाध्यक्षका उम्मेदवार थापाले ३ हजार २०२ र जोशीले २ हजार ३०३ मत प्राप्त गरेका हुन् ।
गाउँपालिकाका वडाहरूको मतपरिणामअनुसार वडा नम्बर १ मा गठबन्धन (एकीकृत समाजवादी) का देविभक्त जोशी, वडा नम्बर २ मा गठबन्धन (माओवादी केन्द्र) कै ज्योतिप्रकाश बोगटी, वडा नम्बर ३ मा गठबन्धन (नेपाली कांग्रेस) का गौरी अधिकारी रावल निर्वाचित भएका छन् ।

तीन वडामा भने नेकपा एमालेले गठबन्धनका उम्मेदवारलाई पराजित गरेको छ । ४ नम्बरको वडाध्यक्षमा नेकपा एमालेका ईश्वर रोकाया, ५ नम्बरको वडाध्यक्षमा एमालेकै रामबहादुर सिंह ‘खुसी’, वडा नम्बर ६ मा एमालेकै तेजबहादुर खड्का विजयी भएका छन् ।

वडानम्बर ७ गडरायमा गठबन्धन (नेपाली कांग्रेस) का रमानन्द जोशी निर्वाचित भएका छन् । जोशीले उनका प्रतिद्वन्द्वी जनक सिंहलाई ४६ मतले पछि पार्दै विजयी भएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार